दफा ९
पानी उपभोग तथा वितरणसम्बन्धी अधिकार सर्ने
(१) संस्थानले सञ्चालन र व्यवस्थापन गरेको सेवा प्रणाली बोर्डमा हस्तान्तरण भएमा संस्थानले सेवा प्रदान गर्न उपयोग गरेको पानीको सम्पूर्ण स्रोतमा बोर्डको अधिकार हुनेछ ।
(२) उपदफा (१) बमोजिम संस्थानबाट हस्तान्तरण भएको सेवा प्रणालीको उपयोग, सञ्चालन तथा मर्मत सम्भार वा पुनस्र्थापन गर्ने क्रममा सार्वजनिक वा व्यक्तिगत घर जग्गामा पाइप राख्ने वा संरचनाको पुनर्निर्माण वा पुनस्र्थापना गर्ने सम्बन्धमा बोर्डलाई संस्थानलाई भएसरहको अधिकार हुनेछ ।